Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, फागुन २०, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

samridhi jewllers

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव र पूर्वमेयर उदयकुमार यादवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

आर्थिक वर्ष २०७७/७८ सालमा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको भन्दै तत्कालीन मेयर यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले स्यानिटरी प्याड खरिदमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ राज्यकोषमा हानी भएको भन्दै त्यति नै बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको भनाइ छ ।

यस्तै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, तत्कालीन उपप्रमुख शिलादेवी कापर, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सव-इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार