Nic Ad Nic Ad
Nic Ad Nic Ad
टीआरसीमा कांग्रेसको अड्को!

टीआरसी विधेयक टुङ्ग्याउन कानुनमन्त्रीद्वारा थप समय माग

आइतबार, फागुन २०, २०८०

काठमाडौँ- सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुङ्ग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन् । 

प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुङ्ग्याउने तयारी स्वरूप कानुन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । विधेयकमा भएको स्वेच्छाचारी हत्या भन्ने शब्द अगाडि नियतवस भन्ने शब्द थप्नेमा सहमति भइसकेको छ ।

तर पीडितले सहमति नदिए अभियोजनमा जाने । अभियोजन गर्दा सजाय घटी कति गर्ने भन्ने अधिकार अभियोजकलाई दिने कि ऐनमै तोक्ने भन्नेमा टुंगो नलागेपछि कानुनमन्त्रीले थप छलफल आवश्यक पर्ने भन्दै समय मागेका हुन् । समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको सभापतिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्