Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु

सोमबार, फागुन २१, २०८०

जलेश्वर (महोत्तरी)- महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

samridhi jewllers

मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ बस्ने ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पिडी ३३३० नंको भारतीय टाटासुमो आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरमा पछाडिबाट नै ठक्कर दिँदा ट्र्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको थियो ।

ट्र्याक्टरलाई ठक्कर दिएर भाग्दै गरेको टाटासुमोले भाग्ने क्रममाविपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिएपछि मृत्यु भएको थियो ।

टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार अर्का कामदार पिपरा गापा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भई उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको जनाइएको छ । टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नपा–४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार