Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरङमा सशस्त्रका डीएसपी झुण्डिएको अवस्थामा मृत फेला

सोमबार, फागुन २१, २०८०

विराटनगर- मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।

samridhi jewllers

धनपालथान गाउँपालिका(३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् ।

डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिए।

अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्