Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

बुधबार, फागुन २३, २०८०
samridhi jewllers

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

“ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भने।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्