प्रहरी महानिरिक्षक भन्छन्- जीबी राई पक्राउ गरिएको छैन, खोजी जारी
काठमाडौं- सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ । बिहानैदेखि राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।
नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले राई हालसम्म पक्राउ नपरेको बताए । उनले क्यानडा नेपालसँग भने, बिहानैदेखि जीबि राई पक्राउ परेको भन्ने हल्ला चलिरहेको छ, त्यो सत्य हामीले अहिलेसम्म जीबि राईलाई पक्राउ गरेका छैनौं, खोजी कार्य जारी राखेका छौँ ।’
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १०:१८
प्रतिक्रिया दिनुहोस्