सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीले पार्टीको संसदीय दलको निर्णयअनुसार समर्थन फिर्ता लिइएको जनाएको छ ।
मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए । बिहीबार एकीकृत समाजवादीका मन्त्रीलाई पनि हटाएका थिए ।
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्