Nic Ad Nic Ad
Nic Ad Nic Ad

फरवार्ड अन्जन बिष्टले फोर्टेस एफ्सिबाट बंगलादेशको शिर्ष डिभिजन लिग खेल्ने 

शनिबार, फागुन २६, २०८०

काठमाडौं - नेपाली फुटबल स्टार अन्जन बिष्टले फोर्टेस एफ्सिबाट बंगलादेशको शिर्ष डिभिजन लिग खेल्ने भएका छन् । विष्ट बंगलादेश प्रिमियर लिग (बीपीएल) को फोर्टिस एफसीमा आवद्द भएका छ्न् ।बंगलादेश प्रिमियर लिग (बीपीएल) को दोस्रो लेगका लागि नेपाली फरवार्ड अन्जन विष्टलाई अनुबन्ध गरेको क्लबले जनाएको छ ।

क्लबका प्रबन्धक रसिदुल इस्लामले शुक्रबार विष्ट आफूहरूको क्लबमा आवद्द भएको जानकारी दिए । ‘अञ्जन नेपाली राष्ट्रिय टोलीका नियमित र अनुभवी खेलाडी हुन् । उनले बंगलादेशविरुद्ध पनि ह्याट्रिक गरेका थिए । हामीलाई विश्वास छ उनले हामीलाई अगाडि बढाउन सक्छन्,’ विष्टको आगमनबारे रसिदुलले भने ।

उनले थपे, ‘हाम्रा चारै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् र उनीहरुको प्रदर्शनबाट हामी पूर्ण सन्तुष्ट छौँ तर कहिलेकाहीँ निलम्बन र चोटजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ, त्यसैले खेलको स्तर बढाउनको लागि हामीले अञ्जनलाई अनुबन्ध गरेका हौं ।’

२०२२ मा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध ३(१ ले हराएर ह्याट्रिक गरेका विष्ट ६० खेलमा १३ गोल गरेका हरि खड्का र निराजन रायमाझीसँगै नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

२५ वर्षीय अञ्जन मार्च २६ मा हुने विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको तर्फबाट खेलेपछि सीधै ढाका जाने बताइएको छ । फोर्टिस एफसी ९ खेलबाट १२ अंकसहित १० टोलीको तालिकामा पाँचौं स्थानमा छ। उनी बङ्गलादेशको पहिलो डिभिजन खेल्ने प्रथम नेपाली फुटबलर भएका छ्न् ।
 


 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्