२१३ रनको लक्ष्य पाएको नेपालले हङकङलाई पराजित गर्ला?
काठमाडौं– बाबर हायातले विस्फोट ब्याटिङ गरेपछि मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा नेपालले हङकङविरुद्ध २१३ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले सबै विकेट गुमाएर निर्धारित २० ओभरमा २१२ रन बनायो।
हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाएपछि नेपालका लागि कठिन चुनौति अगाडि आएको हो।
हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए।
नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक÷एक विकेट लिए ।
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ।
नेपालले ब्याटिङको लय नसमाते यो लक्ष्य निक्कै महँगो साबित हुनेछ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्