राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
काठमाडौं- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।
यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।
मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको थियो।
सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्