Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्याज र युरिया मल बरामद

सोमबार, फागुन २८, २०८०
samridhi jewllers

कपिलवस्तु- चार वटा मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले आइतबार कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–६ बन्चौराबाट नियन्त्रणमा लिएको छ ।

युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिया मल नं. २८ गण कपिलवस्तुले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको मोटरसाईकल तथा प्याज र मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्