Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले गरे बसमा आगजनी

सोमबार, फागुन २८, २०८०

जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।

samridhi jewllers

साेमबार बिहान मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । घटनापछि आक्रोशित भीडले बसमा आगजनी गरेकाे हाे।

बसको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्