भरूवा बन्दुकसहित रामेछापमा एकजना पक्राउ
रामेछाप- मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १७:४८
प्रतिक्रिया दिनुहोस्