काठमाडौंबाट बेपत्ता भएकी १२ कक्षा पढ्ने युवतीको शव भेटियो, अनुसन्धानमा जुट्यो क्राइम डिभिजन
काठमाडौं– एक महिनाअघि काठमाडौंबाट बेपत्ता भएकी कक्षा १२ मा पढ्ने एक युवतीको शव गाडेको अवस्थामा फेला परेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सुस्मा लामा माघ २२ गतेपछि बेपत्ता थिइन्।
उनको शव तारेभिरको जंगलबाट उत्खनन् गरिएको प्रहरीले जनाएको छ। लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको हो।
घटना शंकास्पद देखिएपछि उपत्यका अपराध अनुसन्धान महाशाखा (क्राइम डिभिजन) पनि सक्रिय भएको छ। डिभिजनले कार्यालयले सोधपुछ र प्राविधिक जाँच थालेको छ । लामाको परिवारले उनको खोजतलासका लागि भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन दिएको थियो।
यसपछि प्रहरी खोजी कार्यमा लागेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्