नेभिगेशन
समाज विविध

उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

भोजपुर- उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटना ८ जना घाइते भएका छन् ।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बाेलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्यभइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता