Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

बिहीबार, चैत १, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार बुझेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

“जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुन्छ,” गृहमन्त्री लामिछानेले भने, “विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याइनेछ ।”

आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ ।

“प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिनेछ । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ,” प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्रीले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्