सेयर बजारमा २८ अंककाे गिरावट
काठमाडौं- नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको सेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्