सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण
काठमाडौँ - सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार समालेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उनले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएका मियाँ पहिलो प्रदेशप्रमुख हुन् । सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका पूर्वअध्यक्ष मियाँ अर्घाखाँची निवासी हुन्।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० २०:०१
प्रतिक्रिया दिनुहोस्