Nic Ad Nic Ad
Nic Ad Nic Ad

पक्राउ परेका दीपेशलाई राति नै बुटवल लगियो

शनिबार, चैत ३, २०८०

काठमाडौं - पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।

samridhi jewllers

सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले ​जनायो।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ।

आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्।

उनी शुक्रबार अपराह्न काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेका थिए। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो । तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्