नेभिगेशन
समाचार

जनमत पार्टीको बैठक वीरगन्जमा सुरु

वीरगन्ज- जनमत पार्टीको केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु भएको छ ।

शनिवार र आइतबार दुई दिनसम्म चल्ने बैठकमा संगठनकाे अधिवेशन, संगठन विस्तार, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने छ ।

बैठकमा नौलो गणतन्त्रको बारेमा पार्टी अध्यक्ष डा. सीके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष निकाल्ने जनमतले जनाएको छ । ‘नौलो गणतन्त्र किन ?’ भन्ने शीर्षक राखेर पार्टीले पर्चा समेत बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार