Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्पतालबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारीलाई धरौटीमा रिहा गर्न आदेश

आइतबार, चैत ४, २०८०

काठमाडौं- थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी दैलेखकी २७ वर्षीया मनकुमारी सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

samridhi jewllers

काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गत फागुन ११ गते थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी उनलाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको थियो।

मनकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

उक्त मुद्दाको सुनुवाइपछि न्यायाधीश अधिकारीले मानकुमारीलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। यसअघि पक्राउ परेका उनका पतिसहित दुईजना मुद्दा नै नचलाई रिहा भइसकेका छन्।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्