Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमबार, चैत ५, २०८०

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

samridhi jewllers

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्