नेभिगेशन
सुरक्षा–अपराध

पूर्वसभामुख महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका उनलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ