Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समिति गठनको अल्टिमेटम दिँदै कांग्रेसले सोध्यो– गृहमन्त्री स्वर्गबाट आएका हुन्?

बुधबार, चैत ७, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी बैठक अगाडि नै सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ।

बजेटबारे छलफल चलिरहेको संसद अवरोध गर्ने कांग्रेसको मनसाय नरहेको बताउँदै सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेले सदनबाहिर दिएको अभिव्यक्ति आपत्ति जनक रहेको प्रतिक्रिया दिइन्।

‘कसरी चल्छ सत्ता? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो’, कांग्रेसले सदन अवरुद्ध गरोस् म काम गरिरहन्छु भन्ने लामिछानेको भनाई सुनाउँदै न्यौपानेको टिप्पणी थियो। 

‘जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा उहाँलाई सदन चाहिएको छैन होला, हामीलाई चाहिएको छ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुप¥यो? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने? के उहाँ स्वर्गबाट आएको हो? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।’
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्