Nic Ad Nic Ad
Nic Ad Nic Ad

शर्मिला वाइबालाई हिरासतमा राख्न सातौँ पटक म्याद थप

बिहीबार, चैत ८, २०८०

काठमाडौँ- कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

samridhi jewllers

काठमाडौँ जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई यसरी म्याद थप गरिएको यो सातौँ पटक हो। प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

 

फागुन १६ गते उनलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनी २३ दिनदेखि हिरासतमा छिन्। कलाकार खतिवडा र उनकी श्रीमतीसँगको विवादको विषयलाई लिएर वाइबाले खतिवडामाथि कुटपिट गरेको आरोप छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्