नेभिगेशन
समाचार

समाजवादी मोर्चामा एमाले आवद्ध होला या नहोला, निम्तो पाइसक्यो

काठमाडौं– कम्युनिस्ट विचारधाराका दलको गठबन्धन बनाउनका लागि तत्पर समाजवादी मोर्चामा नेकपा एमालेले निम्तो पाएको छ। 

समाजवादी मोर्चाको संयोजकको भूमिकामा रहेका नेकपा महासचिव नेत्रविक्रम चन्दले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मोर्चामा आवद्ध हुन निम्तो दिएका हुन्। 

ओलीले तत्कालै आउनेबारे ठोस निर्णय नसुनाए पनि यस विषयमा विचार गर्ने बताएका थिए। विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ओलीनिवास बालकोट पुगेर निम्तो दिएका थिए। बिहीबार राती भएको भेटका क्रममा विप्लवको यस्तो प्रस्तावबारे एमालेले छलफल चलाउने छ। 

समाजवादी मोर्चामा अहिले नेकपासहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहभागी छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार