Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइपिएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान !

आइतबार, चैत ११, २०८०

काठमाडौ - शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।

शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ ।

यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए ।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन् । यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६.७ करोड मानिसले हेरेका थिए । यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३.३ करोड मानिसले हेरेका थिए ।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २.९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो । जियो सिनेमा एप २०२३ सिजन देखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो। रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २.९ बिलियन डलर ( २३ हजार ९१७ करोड भारु) मा आइपिएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो ।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरुलाई भारत भित्र नि: शुल्क आइपिएल खेल देखाइरहेको छ ।

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने किर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शिर्ष तीन स्थानमा रहेका छन् । त्यस्तै चौथो स्थानमा २०२३ को एकदिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५.२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए । त्यस्तै सोहि विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४.४ करोडले हेरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्