सुहाङसँगको फोटो पोष्ट गर्दै ओलीले भने - युवा सँगसँगै हिँड्नुपर्छ
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समाजीक सञ्जालमा इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् ।
उनले आफ्नो समाजीक सञ्जाल फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै १’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’
एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० २१:२८
प्रतिक्रिया दिनुहोस्