Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब सशस्त्रको एक प्लाटुन फौज चौबिसै घण्टा सीमा गस्तीमा

मंगलबार, चैत १३, २०८०

‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र–२०८०’ तयार गरी लागू गरेको छ ।

samridhi jewllers


अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत् सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाले बताए ।


सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको हो । यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ ।

जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थिति’ जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमण’ जानकारी अध्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमाबासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएको सहायक प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्