Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुर प्रकरणः होलीमा ख्याल–ख्यालमा गयो दुई जनाको ज्यान, प्रहरीले समात्यो चार हत्या अभियुक्त

मंगलबार, चैत १३, २०८०

काठमाडौं– होली अर्थात् चैत ११ गते ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या अभियोगमा जिल्ला प्रहरी परिसरले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

samridhi jewllers

मंगलबारबिहान जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार सम्मेलन गरी चार जनालाई सार्वजनिक गरिएको हो। 

ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा २ युवकको हत्या घटनामा संलग्न चार जना सार्वजनिक गरिए पनि एक संदीग्ध फरार रहेको प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालले जानकारी दिएका छन्।  

सो घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले बिहान खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरिएको हो। 
घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो। 

प्रतिवादी ५ जना भए पनि तत्काललाई भने पक्राउ परेका ४ जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाउन लागेको हो।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्