राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको राजीनामा, रवि लामिछाने ‘मुख्य कारण’
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गत उप निर्वाचनमा बारा–४ मा उम्मेदवार बनाइएका नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) रमेश खरेलले स्पष्टिकरणको दिनुको साटो राजीनामा बुझाएका छन्।
एउटा टेलिभिजन कार्यक्रम प्रस्तुती गर्ने क्रममा आफूमाथि प्रश्न हुँदाहुँदै गृहमन्त्री बन्न नहुने भनी सभापति रवि लामिछानेबारे टिप्पणी गरेका उनलाई अनुशासन आयोगले स्पष्टिकरण दिन भनेको थियो।
उनले स्पष्टिकरण दिनुको साटो पार्टीबाट राजीनामा दिएका हुन्। उनको राजीनामा पत्र रास्वपा मुख्यालय बनस्थलीमा बुझाएका छन्। खरेलले अंग्रेजीमा पठाएको राजीनामापत्र महामन्त्री डा. मुकुल ढकालकहाँ पुगेको बताइएको छ।
उनलाई केन्द्रीय सदस्यका लागि प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए। अन्ततः खरेलले राजीनामा बुझाएका हुन्।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्