Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनिल र विकल पौडेलमाथि अनुसन्धान गर्न २१ दिन म्याद थप

आइतबार, चैत १८, २०८०

काठमाडौँ- गैरकानुनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

samridhi jewllers

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते पौडेलद्वयलाई पक्राउ गरेको हो।

सुनिल पौडेल नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक हुन् भने विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन्।

गत माघ ११ गते विशेष अदालतले पौडेल द्वयमाथि थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको थियो भने फेरि पनि म्याद थप गरिएको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थुनामा राखेर अनुसन्धान गर्न आइतबार थप २१ दिनको म्याद दिइएको हो।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्