नेभिगेशन
अटोमोबाइल्स

घरेलु उत्पादनको मेला भक्तपुरमा

भक्तपुर -  कोही ओखलमा चिउरा कुटिरहेका, कोही चर्खामा धाँगो बुनिरहेको, कोही तानमा कपडा बुनिरहेको, कोही काठमा विभिन्न आकृति खोपिरहेका ।  यस्ता लोपोन्मुख अवस्थामा पुगेको घरेलु उत्पादनका  दृश्य भक्तपुर नगरपालिका दूधपाटीस्थित नःपुखुमा दुई दिनसम्म चलेको घरेलु भेलामा देखिएका दृश्य हुन् ।  

    भक्तपुर घरेलु तथा साना उद्योग सङ्घद्वारा भक्तपुरको नःपुखु परिसरमा आयोजित ‘संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८०’ मा जिल्लाका मौलिक उत्पादनका ४० प्रर्दशनी कक्षमा यस्ता अनेकौँ र आकर्षक उत्पादनका दृश्यहरु देखिन्थ्यो । 

    आज सम्पन्न मेलामा राखिएका प्रदर्शनी कक्षमा भक्तपुरको मौलिक उत्पादन जुजु धौ, भादगाउँले टोपी,  घरबुना कपडाका विभिन्न सामग्री, पाउँका विभिन्न परिकार, च्याउका परिकार, खेलौना, नर्सरीका उत्पादन, विभिन्न प्रकारका नेवारी परिकार, कपडा बुन्ने तान, परम्परागत चिउरा उत्पादन, स्थानीय मदिरा अर्थात् अयला उत्पादनका दृश्य प्रत्यक्ष्य रुपमा हेर्न र चाख्न अवसर प्रदान गरिएको थियो ।  

    मेलामा भक्तपुरका, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट ४० हजारभन्दा बढीले अवलोकन गरेको भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले जानकारी दिनुभयो । 
 मेला साना लगानीका घरेलु उद्योगले उत्पादन गरेको विभिन्न सामग्री र लोपोन्मुख अवस्थामा पुगेको घरेलु उत्पादनको संरक्षणमा टेवा पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अटोमोबाइल्स