Nic Ad Nic Ad
Nic Ad Nic Ad

बल्ल–बल्ल पक्राउ गरिएका माओवादीका पूर्वलडाकु कालीबहादुर खाम को हुन्? 

मंगलबार, चैत २०, २०८०

काठमाडौं– नेपाल प्रहरीले १५ बर्षदेखि फरार सूचीमा रहेका माओवादी पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई मंगलबार पक्राउ गरेको छ। 

samridhi jewllers

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याका मुख्य योजनाकार मानिने खामलाई ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ। 

हत्या, अपहरणजस्ता मुद्दाका फरार आरोपी कालीबहादुर खामको दैनिकी काठमाडौंमा बिते पनि प्रहरीले भेट्टाउन सकेको थिएन। 
गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझमा रमाउने गरेका खामलाई शक्ति केन्द्रका दबाबका आधारमा नै प्रहरीले नजरअन्दाज गर्दै आएको थियो। 

व्यस्त देखिने काठमाडौंका विभिन्न ठाउँमा रमाइलो गरेको अवस्थामा खाम भेटिने गरेको यसअघि नै खुलासा भइरहेका थिए। 

खाम प्रहरीको मस्ट वान्टेड सूचीमा थिए। कोटेश्वरका रेस्टुरेन्ट व्यावसायी रामहरि श्रेष्ठ हत्या, डाँका–चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानालगायतका मुद्दा खाममाथि रहेको छ।

नेकपा सरकारका बेला खाम सिंहदरबार आसपासमा समेत भेटिने गरेका थिए। नेकपा विभाजनका बेला खामको निक्कै चर्चा हुने गरेको थियो। 

पूर्वलडाकु कमान्डरहरूले १३ कात्तिकमा नर्भिक अस्पतालमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका थिए। उनी महरानिकट मानिन्छन्। अहिले पनि माओवादी सुरक्षा विभागमा महराको कमिटीमा खाम सदस्य रहेका छन्। 

चितवनको शक्तिखोरमा पूर्वलडाकुहरुको क्यान्टोनमेन्टका कमान्डर रहेका बेला खामले तस्करीको काम पनि व्यापक पारेको आरोप लागेको थियो।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्