Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन प्रकरण 

‘नयाँ दिल्लीमा छु’ भनेका जीवन चलाउने दुबई हुँदै अमेरिका पुगेको आशंका

शुक्रबार, चैत २३, २०८०

काठमाडौं– उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको सुन तस्करी पैठारी जाँचबुझ आयोगले डामेका जीवन चलाउने भारतमा नरहेको खुलेको छ। 

samridhi jewllers

यस प्रकरणको प्रतिवेदन कार्यान्वयन सुरु भएपछि सीआईबीले कागज गरी छाडेको भनी दाबी गरिएका चलाउने आयोगको सम्पर्कमा आई भर्चुअल बयान दिएका थिए। लगत्तै विभिन्न मिडियामा भिडिओ सम्पर्कमा आई भारतको नयाँ दिल्लीमा रहेको भनी बताएका उनी नयाँ दिल्ली, भारतको चन्दीगढ हुँदै दुबई पुगेको स्रोतको दाबी छ। 

दुबईबाट चलाउने अमेरिका पुगेको आशंका गरिएको छ। यद्यपि यसलाई पुष्टि गर्ने क्रममा रहेको छ, क्यानडानेपाल।

चलाउनेले भिडिओ संवादका क्रममा विभिन्न प्रहरी अधिकारीको नाम लिएका थिए। उनले सीआईबीका तत्कालिन अनुसन्धान अधिकारी प्रहरी उपरिक्षक (एसपी) संजयसिंह थापाका लागि प्रहरी नायव उपरिक्षक (डीएसपी) दुर्गा दाहालले ६० लाख मागेकोसम्म बताएका थिए। 

यसबाहेक हालका सीआईबी प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पनि एक करोड रुपैंया मागेको बताइएको थियो। 

पछिल्ला विवरणअनुसार चलाउनको दर्जनौं प्रहरीसँग सम्पर्क रहेको तथ्य सतहमा आएको थियो। चलाउनेले नेपाल आएर आत्मसमर्पण गर्ने बताएका थिए। यति मात्र नभई सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको र फसाउन खोजिएको भन्ने उनको बयानबाजी थियो।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्