नेभिगेशन
सुरक्षा–अपराध

अदालतले कालीबहादुर खामलाई जेल पठायो

काठमाडौं– रामहरी श्रेष्ठ हत्यालगायतका विभिन्न अभियोगमा १५ बर्षदेखि फरार सूचीमा रहँदै आएका कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले पूर्पक्षका लागि जेल पठाएको छ। 

उनलाई पक्राउ गरी काठमाडौंबाट चितवन लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश देवराज ढकालको एकल इजलासले खामलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो। 

तस्करीदेखि डकैतीसम्मका विभिन्न अभियोगमा संलग्न खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य रहेका थिए। उनी ७ नम्बर डिभिजनका कमान्डर रहीसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ