Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीद्वारा ‘स्टिकर’ अभियान सुरु

शुक्रबार, चैत २३, २०८०

काठमाडौँ- ध्वनि प्रदूषण नगराउन भन्दै जिल्ला प्रहरी कास्कीले सचेतनामूलक ‘स्टिकर’ टाँस अभियान सुरु गरेको छ ।

samridhi jewllers

शुक्रबार कास्की प्रहरीले एक कार्यक्रम गर्दै मोटरसाइकल वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने बनाउनेहरू, व्यवसायी तथा मजदुरहरूसँग सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनि प्रदूषण गराए कारबाही ब्यहोरासहितको ‘स्टिकर’ टाँस अभियान सुरु गरेको हो ।

यसअघि कास्की प्रहरीले मोडिफाई गरी ध्वनि प्रदूषण गर्ने विरुद्ध कारबाही समेत गरेको थियो । पहिलो चरणमा ट्राफिक कारवाही र मोडिफाई गरिएको पार्टपुर्जा फेर्न लगाई सुरुकै अवस्थामा बनाई छाडिएको थियो । दोस्रो पटकमा यातायात व्यवस्था कार्यालयमा पठाई कारवाही गरिएको थियो ।

तर अझै मोडिफाईका घटनाहरू नरोकिएको भन्दै सचेतनामुकल स्टिकर टाँस अभियान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्