Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायक निशान भट्टराई दम्पत्तीले गरे डिभोर्सः २ बर्ष प्रेम, तीन बर्षको वैवाहिक जीवनबाट लिए बिश्राम

सोमबार, चैत २६, २०८०

काठमाडौं– नेपाल आइडलबाट गायन क्षेत्रमा प्रवेश गरी चर्चा कमाएका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ। सम्बन्ध लामो समय नटिक्ने भएपछि सहमतिका आधारमा नै डिभोर्स गरेको बताइन्छ। 

काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो। यो आदेश गत ७ चैतमा आएको थियो। 

मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको भन्ने अदालतको आदेशमा उल्लेख छ।

०७७ सालमा दुई बर्षको प्रेम सम्बन्धपछि जोडी बैवाहिक जीवनमा प्रवेश गरेको थियो। तर बिहे गरेको तीन बर्षमा नै उनीहरू अलग भएका हुन्। दुवैले कोर्ट म्यारिज गरेका थिए।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्