सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौँ- सेयर बजारमा बुधबार दाेहाेराे अंककाे गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको हाे ।
आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् ।
बुधबारको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
आज मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ ।
त्यस्तै सिगाटी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १६:२०
प्रतिक्रिया दिनुहोस्