Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाए २५ दिन थुनामा बस्नु पर्ने

बुधबार, चैत २८, २०८०

काठमाडौँ- स्वरूप परिवर्तन गरिएका मोटरसाइकलप्रति कडा निगरानी गरिरहेको कास्की प्रहरीले थप कारबाही गर्ने भएको छ।

samridhi jewllers

सामान्यतया स्वरूप परिवर्तन गरिएका मोटरसाइकल फेला परे सम्झाई बुझाई छाड्ने वा केही रकम जरिवाना तिराउने गरेकोमा अब २५ दिनसम्म हिरासतमा बस्नुपर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा यो अभियान सुरु गरिएको हो।

समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएर कास्की प्रहरीले कारबाही गरिरहेको छ।

तैपनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने लगायतका गतिविधि नरोकिएकाले अबदेखि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने खालका मोटरसाइकल पार्किङ स्थलबाट समेत नियन्त्रणमा लिएर मोटरसाइकल चालकलाई २५ दिनसम्म थुनामा राखी कानुनी कारबाही गरिने कास्की प्रहरीले बताएको छ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्