Nic Ad Nic Ad
Nic Ad Nic Ad

२७२ किलो गाँजासहित चालक प्रहरी नियन्त्रणमा

मंगलबार, वैशाख ४, २०८१

बुटवल- सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

samridhi jewllers

मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको  हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ बर्षिय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाईएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्