Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- काठमाडौँ उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। 

samridhi jewllers

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। 

उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको हो।

यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको छ।

छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्