Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेश प्रदेश सभामा झडप, बैठक फेरि स्थगित

मंगलबार, वैशाख ४, २०८१

जनकपुरधाम -  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्री यादवले विश्वास मत लिन सकिरहनुभएको छैन् ।

जनमत पार्टीका सांसदहरुले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यसक्रममा प्रदेश सभाको माइक समेत भाँच्चिएको छ । प्रदेश सभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ ।

दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक करिब ५ घण्टापछि सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्