नेभिगेशन
समाचार

माधव नेपालसँग वार्तापछि देउवा सक्रिय, पदाधिकारी बैठकपछि यस्तो आयो कांग्रेसको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू सरकारको ‘सुँगा’ बनिहरेको निचोड निकालेको छ। 

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा पदाधिकारी बैठक डाकेका थिए। सोही बैठकले यस्तो निर्णय र निचोड निकालेको हो। 

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले संविधान मिचेर सरकार गठन गरिरहेको ठहर गरेको कांग्रेसले सरकार संविधानविपरित चलिरहेको समेत निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

देउवा अहिले सक्रिय बनेका छन्। उनले तारन्तार राजनीतिक भेटवार्ता गरिरहेका छन्। स्रोतका अनुसार देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि भेटवार्ताको चाँजोपाँजो मिलाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार