Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तस्करी प्रकरणः जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भयो

बिहीबार, वैशाख ६, २०८१
samridhi jewllers

काठमाडौं– नेपाल प्रहरीले सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ। 

सुन तस्करी पैठारी जाँचबुझ आयोगले अभियुक्त किटान गरेका चलाउने नयाँ दिल्लीमा रहेको भिडिओ बयानमा आएका थिए। तर, उनी दुबई हुँदै अमेरिका पुगिसकेको जानकारी क्यानडा नेपालले पाएको छ। 

प्रहरीले पक्राउ गर्न नसकेका उनलाई डिफ्युजन नोटिस जारी गरी झिकाउनका लागि सक्रियता देखाइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नोटिस जारी भएकोबारे जानकारी दिएको छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्