Nic Ad Nic Ad
Nic Ad Nic Ad

लागू औषधसहित दुई पक्राउ, खैरो हेरोइन र गाँजा बरामद

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ- प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

samridhi jewllers

गएराती छुट्टाछुट्टै स्थानबाट प्रहरीले बर्दिबास नगरपालिका-१ मा अवैध लागू औषध खैरो हेरोइन करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा.७७प५८५३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक निसाजलाई पक्राउ गरेको हो ।

यस्तै, बारा, पचरौता नगरपालिका-४ ईनर्वाबाट पनि अवैध लागू औषध करिब दुईसय ३० किलो गाँजासहित रौतहट फतुवा बिजयपुर नगरपालिका-४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति नै प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा चार वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर जाँदै गएको खुलेपछि प्रहरीले लुकाइछिपाई राखेको उक्त परिमाणको गाँजा सहित पासवानलाई पक्राउ गरेको जनाएको छ । उक्त विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्