कांग्रेसले धूलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर मेरो राजीनामा माग्दैछ : गृहमन्त्री लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती तथा गृहमन्त्री रवि लामिछानेले धूलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर कांग्रेसले आफ्नो राजीनामा मागेको बताएका छन् ।
बुधबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘धूलो लागेको फाइल टकटक्याउँदैछ भन्ने थाहा पाएर तपाईंहरूले राजीनामा माग्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ । पख्नुस्, आउँछ राजीनामा । दुईचार वटा काम गर्न दिनुस् चाँडै नै । चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन । तर, चिन्ता गर्नुपर्दैन । अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ । चुनाव सकियोस्, मलाई राम्रोसँग थाहा छ ।’
रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले ककसलाई कुन कुन केसमा कहाँ पठाउने भन्ने आफूलाई राम्रोसँग थाहा भएको चेतावनी दिए ।
उनले थपे, ‘जनताले दिएको म्याण्डेट मैले भुलेको छैन । मैले मुखले भनिरहनु पर्दैन । तपाईंहरू कसलाई कारबाही गरेको हेर्न चाहनुहुन्छ, मलाई राम्ररी थाहा छ । कुनकुन फाइल अनुसन्धान गर्दागर्दै बन्द गरिए रु अनुसन्धान गरिएका प्रहरीलाई कहाँ सारियो रु सबैलाई थाहै छ ।’