नेभिगेशन
मनोरञ्जन
गसिप 

एलिनाले खुट्टा ढोग्दा तपाईको टाउको किन दुखेको, अधिकारकर्मी जी?

काठमाडौं– नेपालका महिला अधिकारकर्मी भनिनेहरूले हरेक सांस्कृतिक मान्यता र मानिसको व्यक्तिगत इच्छाविरुद्ध बयानबाजीलाई रोकेका छैनन्। जबकी, सम्बन्धित व्यक्तिले खुसीमा इच्छाअनुसार गरेका कार्यमा उनीहरूका सार्वजनिक अभिव्यक्ति र कटाक्षले सामाजिक सञ्जालमा विवाद र चर्चा पाउने गरेका छन्। 

त्यसको पछिल्लो उदाहरण हुन्, गायिक एलिना चौहान। 

गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह समारोहसहितका कतिपय तस्बिर र भिडिओ खुसीले सार्वजनिक गरिरहेका छन्। एउटा भिडिओमा एलिनाले विष्णुको खुट्टा ढोगेकी छन्। दुई मिनेटभन्दा बढी समय उनले विष्णुको खुट्टा ढोगेकी छन्। 

यो हिन्दू सम्प्रदायको एउटा परम्परा पनि हो। त्योभन्दा बढी नयाँ जोडीको खुसीको पल। 

एलिनाले लामै समय खुट्टा ढोगेकी छन् र विष्णुले उनलाई पैसा दिइरहेको देखिन्छ, भिडिओमा। एलिनाले ढोग्न नछोडेपछि हाँस्दै पैसा थपिरहेका छन्। मागे जति पैसा नदिएसम्म एलिनाले खुटटा ढोगिरहन्छिन्।

तर यसमा कथित अधिकारकर्मीले आपत्ति जनाएका छन्। बहसको सुरुवात पत्रकार तथा महिला अभियन्ता आरती चटौतले गरिन्। ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको यो नमुना दृश्य’ भन्दै कटाक्ष गरेकी छन्, चटौतले। उनलाई कतिपयले सोधेका छन्,‘तपाईको टाउको किन दुख्यो अधिकारकर्मी जी।’

‘विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रूपैयाँबाट सुरु गरी, दश, बीस गर्दै दिएको’ उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यसलाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जोकोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ’, चटौतको टिप्पणी छ। आखिर उनले यो परम्परा र खुसीको पाटोलाई किन उल्लेख गरिनन्?

कतिपयले एलिना र विष्णुको उक्त कार्यप्रति समर्थन गर्दै नेपाली संस्कारको निरन्तरता भएको बताएका छन् भने कतिपयले जीवनसाथीमा कोही मालिक र कोही दासीको रुपमा हुन नहुने बताएका छन्।

यसअघि २०७९ असोज २१ मा मधु भट्टराईले राजेश हमालको खुट्टा ढोग्दा यसैगरी सामाजिक सञ्जालमा महिला अधिकारकर्मीले यसैगरी बहस छेडेका थिए। जसले राजेश हमाल दम्पत्तीबारे त टिप्पणी गर्न छाडेनन् उनीहरुले एलिना र विष्णुलाई किन छाड्थे? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन