Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाम–२ उपनिर्वाचनः जित्नेमा विश्वस्त सुहाङ नेम्वाङ भए भावुक

शनिबार, वैशाख १५, २०८१

इलाम– प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफूले जित निकाल्नेमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विश्वस्त रहेका छन्। 

उनले मतदान गरिसकेका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदानमा सहभागी भइसकेपछि सुहाङ भन्छन्,‘भावुक पनि भएँ।’

उक्त क्षेत्रमा यसअघि सुहाङका बाबु तथा एमाले उपाध्यक्ष रहेका सुवास नेम्वाङले जित निकालेका थिए। गएको बर्ष सुवासको निधन भएपछि उपनिर्वाचन भएको हो। 

यो निर्वाचनमा जित निकाल्नका निम्ति सुहाङसहित कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूसहित पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम पनि मैदानमा छन्।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार खडा भएका छन्। ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी छ।

४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।

करिब ६० प्रतिशत मत खस्ने प्रारम्भिक अनुमान छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्