Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलाम–२ अपडेटः सुहाङ झन्डै चार हजार मतले खड्काभन्दा अगाडि, घन्टीले १५ सय कटायो

सोमबार, वैशाख १७, २०८१

काठमाडौं– प्रतिनिधि सभाको इलाम–२ को उपनिर्वाचन तर्फ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई फराकिलो बनाउन थालेका छन्। 

अनुमानित ३० हजार मत गनिसक्दा सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा झन्डै चार हजार मतले अगाडि छन्। 

तेस्रोमा पहिचानवादी डकेन्द्र थेगिम पनि पछिपछि रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले बल्ल १५ सय मत कटाएका छन्। 

पछिल्लो अपडेटअनुसार सुहाङले ११ हजार नौ मत ल्याउँदा खड्काले ७ हजार २७५ ल्याएका छन्। थेगिमले ५ हजार ८६९ मत आउँदा मिलन लिम्बुको १५ सय नौ मत मात्र छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्